Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुन तस्करी प्रकरण : पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा ४ सदस्यीय जाँचबुझ आयोग गठन

सुन तस्करी प्रकरण : पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा ४ सदस्यीय जाँचबुझ आयोग गठन

  • आइतवार, आश्विन १४ २०८०

  • 1.5K
    SHARES

  • सुन तस्करी प्रकरण : पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा ४ सदस्यीय जाँचबुझ आयोग गठन
    काठमाडौं । सरकारले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरेको छ । संसद्‌मा रहेका दलहरूबीचको सहमतिको आधारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा भइरहेको सुन तस्करीको छानबिन र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
     
    सुन तस्करी छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा ४ सदस्यीय जाँचबुझ आयोग गठन
     
    ‘मन्त्रिपरिषद्ले असोज ५ गते नै आयोग गठन गर्ने निर्णय गरेको थियो । तर त्यसमा केही समस्याहरू थिए,’ उहाँले भन्नुभयो, ‘अहिले ती समस्या रहेका विषयहरू सहमति भएपछि आयोगलाई पूर्णता दिइएको छ ।’
     
    उहाँकाअनुसार आयोगको सदस्यहरूमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेका छन् ।


    आइतवार, आश्विन १४ २०८००२:४९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij