Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

  • शुक्रवार, आश्विन १२ २०८०

  • 392
    SHARES

  • राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने
    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आइतबार पर्साको वीरगञ्जमा सभा गर्ने भएको छ ।
     
    राप्रपा नेपालले घण्टाघर नजिकको टेम्पो चोकमा सभा गर्ने तयारी गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीले जानकारी दिनुभयो । पूर्वमन्त्रीसमेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो ।
     
    ‘हामी भ्रष्ट व्यवस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरूमा यसैगरी विरोध प्रदर्शन र सभाहरू गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौँ,’ उहाँले भन्नुभयो ।
     
    राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र जनसहभागिता गराउन जनपरिचालन गरिएको छ ।
     
    सभालाई पार्टी अध्यक्ष कमल थापालगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।


    शुक्रवार, आश्विन १२ २०८००५:२६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij