काठमाडौं । गायक समिर आचार्य र गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीति भिडियो सार्वजनिक गरिएको छ।
‘माया हो’ बोलको गीतमा गायक आचार्यकै संगीत र राम अविरल बिष्टको शब्द रहेको छ।
सुरेन्द्र मल्ल ठकुरीको कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पुस्कर दाहाल र विमला खुजुम लिम्बुलाई फिचर्डमा देख्न सकिन्छ। पूर्वी धनकुटामा छायाँकन गरिएको यस गीतको भिडियोमा देव दोर्जे लामाको छायाँकन छ।
समिर आचार्यले गाएका ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देऊ न माया’, ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेऊ’ झम्के माया जस्ता दर्जनौँ गीत चर्चामा छन्।