Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

७ दिनभित्र स्थानीय तहमा हाजिर हुन सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयको निर्देशन

७ दिनभित्र स्थानीय तहमा हाजिर हुन सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयको निर्देशन

  • शुक्रवार, आश्विन १२ २०८०

  • 670
    SHARES

  • ७ दिनभित्र स्थानीय तहमा हाजिर हुन सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयको निर्देशन
    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भइसकेका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिन भित्र रमाना लिई स्थानीय तहमा हाजिर हुन निर्देशन दिएको छ ।
     
    स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएका संघीय निजामती कर्मचारीहरू प्रचलित कानून बमोजिम सरुवा पदस्थापन कामकाज काजमा खटाइएका र काज फिर्ता गरिएका निकाय कार्यालयमा रमाना भई जानुपर्नेमा हालसम्म पनि रमाना नलिएका कारण मन्त्रालयले उक्त निर्देशन दिएको हो ।
     
    प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहमा हाजिर नहुँदा सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको हुँदा तत् तत् कर्मचारीहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई ७ दिनभित्र यस मन्त्रालयमा जानकारी गराउन असोज १२ गते मन्त्रीस्तरीय निर्णय भएको परिपत्रमा उल्लेख छ ।


    शुक्रवार, आश्विन १२ २०८००४:३९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij