काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्यमन्त्री र आन्दोलनरत चिकित्सकहरुसँग छलफल गरिरहेको छ ।
सुरक्षाको माग गर्दै आन्दोलनरत चिकित्सकहरुले जेल विदाउट बेलको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । समितिको छलफलमा पनि उनीहरुले स्वास्थ्यकर्मीहरुमाथि कुटपिट गर्नेहरुलाई कडा कारबाही गर्नुपर्ने माग गरे ।
स्वास्थ्यमन्त्री मोहन बस्नेतले भने घटनामा संलग्न भनिएको व्यक्तिलाई पक्राउ गरेको र प्रहरीलाई समेत निलम्बन र विभागीय कारबाही थालिसकेको बताउनुभयो।
तर चिकित्सकहरु आन्दोलन रोक्न तयार नदेखिएपछि उहाँले मणिपाल अस्पतालमा एक घन्टाभित्र प्रहरी हटाउने बताउनुभयो । साथै अरु कानुनी प्रक्रियाका लागि हाम्रा जुन जुन संरचनाले काम गरिरहेको छ, यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।