Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दैनिक २० किलो सुन आयात गर्न पाउने बाटो खुल्यो

दैनिक २० किलो सुन आयात गर्न पाउने बाटो खुल्यो

  • बिहिवार, आश्विन ११ २०८०

  • 1.6K
    SHARES

  • दैनिक २० किलो सुन आयात गर्न पाउने बाटो खुल्यो
    काठमाडौं । वाणिज्य बैङ्कहरूका लागि दैनिक २० किलो सुन आयात गर्न पाउने बाटो खुला भएको छ।
     
    बिहीबार(आज) राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधन गर्दै दैनिक २० किलो सुन आयात गर्न पाउने बाटो खुला गरेको हो। अहिले दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था रहेको थियो।
     
    चाडपर्वमा दैनिक १० किलोको कोटाले सुनको माग धान्न नसकिने भन्दै व्यवसायीहरूले आयातको कोटा बढाउन माग गर्दै आएका थिए।
     
    एकमुष्ट रुपमा आयात गर्दा आगामी दिनको आयात गर्न नपाइने र व्यतीत भइसकेको महिनाको पनि आयात गर्न नपाइने राष्ट्र बैंकले प्रस्ट्याएको छ।
     
    तर एकै महिनामा कुनै दिनमा आयात नभएको सुन सो महिनाकै अर्को दिन भने आयात गर्न सकिने बैंकले जनाएको छ।


    बिहिवार, आश्विन ११ २०८००३:४७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij