Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् पुनर्गठन आवश्यक नभएको नेकपाकै नेताको दावी

मन्त्रिपरिषद् पुनर्गठन आवश्यक नभएको नेकपाकै नेताको दावी

  • बिहिवार, आश्विन २२ २०७७

  • 2.3K
    SHARES

  • मन्त्रिपरिषद् पुनर्गठन आवश्यक नभएको नेकपाकै नेताको दावी

    काठमाडौं । मन्त्रीपरिषद् पुनर्गठनको बारेमा नेताहरु अल्मलिरहेका बेला नेकपा भित्र अहिले मन्त्रीपरिषद् पनर्गठनको आवश्यकता नभएको आवाज उठ्न थालेको छ ।

    स्थायीत्वको नारा दिएर बनेको सरकारलाई पुनर्गठन गर्नु जनताप्रतिको बेइमानी हुने नेकपाकै नेताहरुले बताउन थालेका हुन् ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङले अहिले मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीप्रति असहमती प्रकट गर्नुभयो ।

    उहाँले भन्नुभयो, अहिले मन्त्रीपरिषद् पुनर्गठन आवश्यक छैन र उचित पनि हैन, यो हामीले दिएको स्थायीत्वको नारा विपरित हुन्छ ।
    उहाँले अहिले खाली रहेका मन्त्रालयहरुमा मात्रै मन्त्री थप गरेर सरकारलाई चुस्त दुरुस्त पार्नु नै उपयुक्त हुने बताउनुभयो ।

    मन्त्रीपरिषद् पुरै पुनर्गठन गर्ने बारेमा पार्टी भित्र विवाद र विमती धेरै रहेको उहाँले आशय व्यक्त गर्नुभयो । सरकारले राम्रो काम गर्न नसकेको भन्दै लामो समयदेखि चौतर्फी आलोचना भएपछि नेकपाले मन्त्रीपरिषदु पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

    सोही निर्णय अनुसार प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले मन्त्रीपरिषद् पुनर्गठनको गृहकार्य तिव्र पारिरहेका बेला असन्तुष्टिको स्वर सुनिएको हो ।

    प्रमुख सचेतक गुरुङ्को तर्कलाई पार्टी भित्र र बाहिरका धेरैले सकारात्मक रुपमा लिँदै बहस अझै बढाउनु पर्ने बताएका छन् ।

     

     


    बिहिवार, आश्विन २२ २०७७०८:०९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij