Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेपाल चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

नेपाल चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

  • बुधवार, आश्विन २१ २०७७

  • 1.4K
    SHARES

  • नेपाल चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

    काठमाडौँ । सरकारले डा. गोविन्द केसीका मागप्रति बेवास्था गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । संघले वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

    भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने बताएको छ ।

    पर्सि २३ गते देशभर आकस्मिक र कोभिड–१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ ।


    बुधवार, आश्विन २१ २०७७०७:५४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij