Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

डा. केसीको अनशन सन्दर्भमा सरकारले बनायो ३ सदस्यीय वार्ता टोली

डा. केसीको अनशन सन्दर्भमा सरकारले बनायो ३ सदस्यीय वार्ता टोली

  • बुधवार, आश्विन २१ २०७७

  • 1.0K
    SHARES

  • डा. केसीको अनशन सन्दर्भमा सरकारले बनायो ३ सदस्यीय वार्ता टोली

    काठमाडौँ  । सरकारले डा. गोविन्द केसीको अनशनको सन्दर्भमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा रहेका छन् ।

    शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भोलिदेखि नै वार्ता थाल्न निर्देशन दिएको बताए । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै डा केसी अनशनमा छन् । शिक्षण अस्पतालमा रहेका केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको चिकित्सकहरुले बताएका छन् ।


    बुधवार, आश्विन २१ २०७७०७:५१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij