Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

समितिमा बोलाएको भन्दै गृहमन्त्री श्रेष्ठ फायर !

समितिमा बोलाएको भन्दै गृहमन्त्री श्रेष्ठ फायर !

  • आइतवार, आश्विन ७ २०८०

  • 1.1K
    SHARES

  • समितिमा बोलाएको भन्दै गृहमन्त्री श्रेष्ठ फायर !

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाउनुभएको छ ।

    अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न समितिको बैठक आइतबार बिहान बोलाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्तुत गरेको विधेयकमाथिको छलफलमा आफू असम्बन्धित भएपनि समितिले आउनै पर्ने भनेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो ।

    सदासयता देखाएर मात्र आफू आएको भन्दै गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘म संसदलाई सम्मान गर्छु, संसदीय समितिलाई सम्मान गर्छु, तर लोकतान्त्रिक मुल्य मान्यता पनि त हुँदो हो नि ! हामी पद्दतीमा चल्नु पर्‍यो ।’

    साथै उहाँले आएको बेलामा सबै विषयमा प्रश्न राख्ने हो भने संसदमा जस्तै प्रश्नउत्तर राख्न सुझाउनभयो । ‘म आएको बेलामा सधैं यसरी प्रश्न गर्ने हो भने संसदमा जस्तै गृहमन्त्रीसँग प्रश्नोत्तर राखिदिनुहोस् न समितिमा पनि । म आइहाल्छु नि’ उहाँले भन्नुभयो, ‘मन्त्री भएका कारण उठ, आइज, तँ कहाँ छस् भन्ने हुन्छ र !’


    आइतवार, आश्विन ७ २०८००२:०२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij