Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

वालिङलाई स्मार्ट सिटी घोषणाका लागि आधार तयार पार्दैछौँः मेयर खाँण

वालिङलाई स्मार्ट सिटी घोषणाका लागि आधार तयार पार्दैछौँः मेयर खाँण

  • बुधवार, आश्विन २१ २०७७

  • 1.8K
    SHARES

  • वालिङलाई स्मार्ट सिटी घोषणाका लागि आधार तयार पार्दैछौँः मेयर खाँण

    काठमाडौँ – वालिङ शहरलाई स्मार्ट सिटी बनाउने २० वर्षीय योजनाको पहिलो दुई वर्षमा उल्लेखनीय उपलब्धी हासिल गर्न सफल भएको स्याङ्जाको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीप प्रताप खाँणले बताएका छन्।

    नेपाली रेडियो नेटवर्कको ‘स्थानीय सरकार’ कार्यक्रममा खाँणले आफूहरु निर्वाचित भएर आएपछि स्मार्ट सिटीको योजना बनाएर कार्यान्वयनमा जुटेको र पहिलो दुई वर्षमा आशा गरे अनुरुप उपलब्धी हासिल गर्न सफल भएको दाबीर गरे ।

    उनले नगरका सबै बासिन्दाहरुको विचार र सुझावहरुलाई एकीकृत गरी स्मार्ट सिटीका लागि २० वर्षे रणनीतिक योजना तयार पारेर कार्यान्वयनका चरणमा जुटेको बताए।

    स्मार्ट सिटीका लागि पहिलो १० वर्ष र त्यसपछिका पाँच÷पाँच वर्षमा पूरा गरिसक्ने कामहरुबारे चरणवद्ध योजनाहरु तयार पारेर सोही बमोजिम काम भइरहेको नगरप्रमुख खाँणले बताए।

    ‘हाम्रो योजना बमोजिम पहिलो दुई वर्षमा आधारभूत कामहरु गर्न सफल भएका छौँ’, खाँणले भने, ‘आउने आठ वर्षमा योजना बमोजिमका कामहरुलाई पूर्णता दिने गरी आधारस्तम्भ तयार हुँदैछ।’

    उनले अहिले बजार क्षेत्रका सडकहरु पक्की बनाएर १२ महिना नै सञ्चालन हुने बनाइएको, खानेपानीका लागि उचित प्रबन्ध मिलाइएको बताए।

    पूरानो शहर भएकोले केही जिर्ण संरचनाहरुलाई भत्काएर नयाँ निमार्ण गर्ने कामलाई पनि प्राथमिकता दिइएको उनले बताए।

    ‘वालिङ पूरानो शहर भएकाले केही पूराना संरचनाहरु छन् तीनलाई भत्काएर नयाँ निमार्ण गरिरहेका छौँ, सडकहरु धमाधम कालोपत्रे भइरहेका छन्, खानेपानीको उचित प्रबन्ध मिलाइरहेका छौँ’, उनले भने ‘विद्युतीकरणको काम पनि तीव्र गतिमा भइरहेको छ ।’

    खाँणले नगरपालिकाका सबै २१० वटै टोलमा इन्टरनेटको सुविधा पु¥याउने कामलाई पनि उच्च प्राथमिकता दिएको बताए ।

    ‘डिजिटल सर्भिस मार्फत हरेक घरमा नगरपालिकाको सेवा दिने हाम्रो लक्ष्य छ, त्यसबमोजिम आफ्नै घरमा बसेर नगरका सबै सेवा लिन सक्ने गरी इन्टरनेटको पहुँच बिस्तार गरिरहेका छौँ’, खाँणले भने ।

    उनले नगरको विकासका लागि आम नागरिकसँगै सबै राजनीतिक दलले साथ दिएको बताए। कोरोना नियन्त्रणमा आफूहरुको प्रयास सफल रहेको खाँणले बताए।

    कार्यक्रम सुन्नका लागि लिंकमा जानुहोस्।

     

     


    बुधवार, आश्विन २१ २०७७०४:५७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij