Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सतीश चापागाईंको शब्द रहेको 'परदेशी २' को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

सतीश चापागाईंको शब्द रहेको 'परदेशी २' को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

  • बिहिवार, आश्विन ४ २०८०

  • 1.4K
    SHARES

  • सतीश चापागाईंको शब्द रहेको 'परदेशी २' को नयाँ गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म 'परदेशी २' को नयाँ गीत सार्वजनिक गरिएको छ।

    सतिश चापागाईंको शब्द रहेको भिडियो बुधबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश 'हिजो काम आज काम, काम विदेशमा' बोलको गीत सार्वजनिक गरिएको हो।

    भिडिओमा फिल्मका कलाकार प्रकाश सपूत, दीलिप रायमाझी, रमा थपलियालगायतलाई प्रस्तुत गरिएको छ। प्रशान्त तामाङको स्वर रहेको गीतमा र विवी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ।

    राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ। फिल्मको कथा रमेश विजीले लेखेका हुन्। गीतकार चापागाई १५ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।

    ३० बर्षदेखि पत्रकारितामा सक्रिय चापागाईले कविता र गीतहरु पनि लेख्छन् । चापागाई नेप्लिज डायस्पोराका प्राधान सम्पादक र संचालक समेत हुन् ।

     

     


    बिहिवार, आश्विन ४ २०८००९:३८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij