Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रस्तावित राजदूतहरू खतिवडा, रेग्मी र विश्वकर्माविरुद्ध सुनुवाइ समितिद्वारा उजुरी आह्वान

प्रस्तावित राजदूतहरू खतिवडा, रेग्मी र विश्वकर्माविरुद्ध सुनुवाइ समितिद्वारा उजुरी आह्वान

  • बुधवार, आश्विन २१ २०७७

  • 1.2K
    SHARES

  • प्रस्तावित राजदूतहरू खतिवडा, रेग्मी र विश्वकर्माविरुद्ध सुनुवाइ समितिद्वारा उजुरी आह्वान

    काठमाडौं । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रकृया सुरु भएको छ । संसदीय समितिले प्रकृया सुरु गर्दै प्रस्तावित राजदूतहरु विरुद्ध १० दिने उजुरी आह्वान गरेको  छ ।

    आज बसेको समिति बैठकले भोलीबाट लागु हुनेगरी अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत डा. निर्मल कुमार विश्वकर्मा विरुद्ध उजुरी आह्वान गरेको हो । संसदीय समितिो कार्यविधि २०७५ को दफ १२  बमोजिम उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो ।

    खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।

    यस्तै पूर्व मुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय र  गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो ।

    त्यस्तै डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासिय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेन लगायतका देशका लागि ग्रैह्रआवसिय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ ।


    बुधवार, आश्विन २१ २०७७०२:२४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij