Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

न्याय परिषद्ले गर्‍यो उच्च अदालतमा २७ न्यायाधीश सिफारिस (नामावलीसहित)

न्याय परिषद्ले गर्‍यो उच्च अदालतमा २७ न्यायाधीश सिफारिस (नामावलीसहित)

  • शुक्रवार, भाद्र २९ २०८०

  • 1.2K
    SHARES

  • न्याय परिषद्ले गर्‍यो उच्च अदालतमा २७ न्यायाधीश सिफारिस (नामावलीसहित)
    काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरूको नाम सिफारिस गरेको छ । शुक्रबार(आज) बसेको न्याय परिषद् बैठकले जिल्ला न्यायाधीशहरूबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । 
     
    न्याय परिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव रहेका श्यामकुमार भट्टराईसहित विभिन्न जिल्लामा रहेका न्यायाधीश र अधिवक्तालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
     
    परिषद्को सिफारिसअनुसार उनीहरूलाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन् । त्यस्तै आजको बैठकले उच्च अदालत ३४ र जिल्ला अदालतका २६ न्यायाधीशको पनि सरुवा गर्ने निर्णय गरेको छ ।


    शुक्रवार, भाद्र २९ २०८००५:२१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij