Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढेको प्रधानमन्त्रीको भनाइ

सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढेको प्रधानमन्त्रीको भनाइ

  • शुक्रवार, भाद्र २९ २०८०

  • 435
    SHARES

  • सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढेको प्रधानमन्त्रीको भनाइ

    काठमाडौं । सरकारले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढाएको छ ।

    शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहमति अनुसार छानबिन आयोग गठन प्रक्रया अघि बढेको जानकारी गराउनुभएको हो ।

    ‘अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको समेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

    भदौ ६ गते संसदमा रहेका सात दलबीच सुन तस्करी छानबिनबारे दुई बुँदे सहमति भएको थियो । जहाँ सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने उल्लेख छ ।

    साउन ३ गते सिनामंगलबाट बरामद भएको साढे ६० किलो सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अध्ययन गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।

    राजस्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुनबारे थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो । सीआईबीले अध्ययन सकाएसँगै उच्चस्एतरीय छानबिनको प्रक्रिया अगाडि अगाडि बढेको प्रधानमन्त्री प्रचण्डले संसदलाई जानकारी गराउनुभएको हो ।

     


    शुक्रवार, भाद्र २९ २०८००२:३२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij