Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गोविन्द केसीलाई अनशन फिर्ता लिन नेकपाको सचिवालय बैठकको आग्रह

गोविन्द केसीलाई अनशन फिर्ता लिन नेकपाको सचिवालय बैठकको आग्रह

  • मंगलवार, आश्विन २० २०७७

  • 1.4K
    SHARES

  • गोविन्द केसीलाई  अनशन फिर्ता लिन नेकपाको सचिवालय बैठकको आग्रह

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा' को सचिवालय बैठकले अनसनरत डा. गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ।

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यसअघि सरकारसँग केसीले गरेको सम्झौता कार्यान्वयनको चरणमा रहेकाले अनशन फिर्ता लिन आग्रह गरेको हो।

    विभिन्न दश बुँदे माग राखेर डा. केसी २३ दिनदेखि १९ औँ अनशनमा बसिरहेका छन्। नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केसीसँग सरकारका तर्फबाट भेटेर आन्दोलन फिर्ता लिन आग्रह गरिएको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

    मंगलबार मात्रै सरकारका तर्फबाट शिक्षा सचिव गोपी मैनालीले केसीलाई भेटेर आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए।


    मंगलवार, आश्विन २० २०७७०७:२८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij