Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १३ करोड

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १३ करोड

  • मंगलवार, भाद्र २६ २०८०

  • 1.0K
    SHARES

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब १३ करोड

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

    सोमबार बढेको बजारमा मंगलबार नै गिरावट आएको हो । मंगलबार सेयर बजार १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा रोकिएको छ ।

    मंगलबार म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु घटेका छन् । कुल २७६ धितोपत्रको २६ हजार ३०२ वटा कारोबारबाट ३९ लाख १६ हजार १६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँ कारोबार भएको छ ।

    मंगलबार शुभम् पावरको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । सामलिङ पावर, अपर स्याङगे हाइड्रोपावर, अरुण कावेली पावर, डोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य बढेको छ ।

    थ्री स्टार हाइड्रोपावरको मूल्य नेगेटिभ सर्किट लेबलमा घटेको छ । सुपर मादी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, अपर सोलु इलेक्ट्रिक कम्पनीसहितका धितोपत्रका लगानीकर्ताले धेरै गुमाएका छन् ।


    मंगलवार, भाद्र २६ २०८००४:३२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij