Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव पारित

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव पारित

  • मंगलवार, आश्विन २० २०७७

  • 1.1K
    SHARES

  • प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव  पारित

    बुटवल । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ मतबाट पारित भएको छ । मंगलबार दिउँसो प्रदेशको नाम राख्न गरिएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रदेश सरकारको प्रस्ताव दुई तिहाइ मतले पारित भएको हो ।

    प्रदेशको नाम लुम्बिनी राख्ने पक्षमा ७९ जनाले मतदान गरेका थिए भने लुम्बिनी राख्न नहुने पक्षमा ४ जनाले मतदान गरेका थिए । कूल ८७ सदस्य रहेको प्रदेश सभामा  प्रदेशकाे नाम लुम्बिनी राख्न ८३  जना सांसदले मतदान गरेका थिए ।

    त्यस्तै प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको प्रस्ताव दुई तिहाइ मतले पारित भएको थियो । कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो । दाङमा राजधानी बनाउने पक्षमा ६९ जना सांसदले मतदान गरेका थिए भने १३ जनाले दाङमा राजधानी बनाउने प्रदेश सरकारको राजधानी बनाउने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

    गत शुक्रबार प्रदेश नम्बर ५ सरकारले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको थियो । त्यस्तैगरी प्रदेश सभाको चालु अधिवेशन आजराति १२ बजेदेखि लागु हुनेगरी अत्य भएको छ ।

     


    मंगलवार, आश्विन २० २०७७०४:१५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij