प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी रहने भएको छ । आज प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ ।
विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन् ।
प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए । अब केही बेरमा प्रदेश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्तावमा मतदान हुने भएको छ ।