Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपाको सचिवालय बैठक आज ४ बजे बस्ने

नेकपाको सचिवालय बैठक आज ४ बजे बस्ने

  • मंगलवार, आश्विन २० २०७७

  • 794
    SHARES

  • नेकपाको सचिवालय बैठक आज ४ बजे बस्ने

    नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने तय भएको थियो ।

    बैठकले अर्थमन्त्रीसहित तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्तिको प्रधानमन्त्री प्रस्तावमा सहमति दिने सम्भावना रहेको छ । अर्थमन्त्रीको रुपमा ओलीका विश्वासपात्र विष्णु पौडेल नियुक्त हुने अधिक संभावना रहेको पनि स्रोतले जनाएको छ । प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउने र बुटवलका नेता एवं पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई अर्थमन्त्री बनाउन सहमति भएको स्रोतले वताएको छ।

    सचिवालय बैठक शनिवार नै बोलाइएको भएपनि आवश्यक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, यहिबीचमा प्रधानमन्त्रीका ४ सल्लाहकारसहित सुरक्षा दलका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि आइतबार बोलाइएको बैठकपनि स्थगित भएको थियो ।


    मंगलवार, आश्विन २० २०७७०२:४५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij