Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रदेश ५ को प्रदेशसभा बैठक सुरु

प्रदेश ५ को प्रदेशसभा बैठक सुरु

  • मंगलवार, आश्विन २० २०७७

  • 494
    SHARES

  • प्रदेश ५ को प्रदेशसभा बैठक सुरु

    विरोधका बीच प्रदेश ५ को स्थायी राजधानी तथा नामकरणलाई लिएर प्रदेश सभामा दर्ता भएको प्रस्तावमाथि छलफल सुरु भएको छ । १२ बजेका लागि तय भएको बैठक विवादका बीच डेढ घन्टा ढिला गरी सुरु भएको छ । आजै प्रदेश सभाबाट यो विषयमा टुंगो लगाउने तयारी भइरहेको छ ।
    सहमति खोज्ने क्रममा नेकपाका नेता तथा विपक्षी दलका नेताबीच छलफल भएका कारण बैठक ढिला हुन गएको एक संसदले बताएका छन् ।कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले छलफल सहमतिमा पुग्न नसकेको बताउनुभएको छ ।

    उहाँले सरकारको प्रस्तावका विपक्षमा मतदान गर्न कांग्रेसले ह्वीप लगाएको भन्दै आफूहरुको विरोध जारी रहने बताउनुभयो। यता कांग्रेसले बुटवलको नेपालगञ्ज रोडमा विरोध जारी राखेको छ ।


    मंगलवार, आश्विन २० २०७७०२:४१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij