Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्चको परमादेश

कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्चको परमादेश

  • बिहिवार, भाद्र २१ २०८०

  • 929
    SHARES

  • कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्चको परमादेश

    काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न आदेश दिएको छ।

    न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले संविधानको धारा १६८को उपधारा २ अनुसार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन नसकेकाले उपधारा ३ अनुसार धेरै सांसद भएको दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा आदेश गरेको हो।

    सर्वोच्चमा एमालेले विश्वासको मत बदर भई उपधारा ३ अनुसार सरकार निर्माण हुनुपर्ने माग गर्दै रिट दायर गरेको थियो। उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिट जारी हुने आदेश गरेको हो।

    योसँगै मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक मुख्यमन्त्री पद गुमाउनुभएको छ ।


    बिहिवार, भाद्र २१ २०८००६:४९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij