Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली तयार

प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली तयार

  • बिहिवार, भाद्र २१ २०८०

  • 835
    SHARES

  • प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली तयार

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने ७८ औँ‍ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने टोलीको तयार भएको छ ।

    पराराष्ट्रमन्त्री एनपी साउदले संसदीय समितिको बैठकमा प्रधानमन्त्रीको अमेरिका जाने टीम तयार भएको जानकारी गराउनुभएको हो ।

    भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल रहने छन् ।

    साउँदका अनुसार नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीलगायत नेपालबाट मिडियाबाट समेत प्रतिनिधि रहने छन् ।

    प्रधानमन्त्रीको टोली भदौ ३० प्रस्थान गर्नेछन् । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधै असोज ५ गते चीन भ्रमणमा उतैबाट जानुहुनेछ ।


    बिहिवार, भाद्र २१ २०८००४:५९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij