Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अब एक्लै हिड्न नमिल्ने भएको हो ? ‘कोही जलाउँछु भन्छन्, कोही खुकुरी हान्छन्’ : गगन थापा

अब एक्लै हिड्न नमिल्ने भएको हो ? ‘कोही जलाउँछु भन्छन्, कोही खुकुरी हान्छन्’ : गगन थापा

  • बिहिवार, भाद्र २१ २०८०

  • 622
    SHARES

  • अब एक्लै हिड्न नमिल्ने भएको हो ? ‘कोही जलाउँछु भन्छन्, कोही खुकुरी हान्छन्’ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गर्नुभएको छ ।

    बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उहाँले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गर्नुभयो । ‘सन्काले हान्यो भनेर यसलाई सामसुम पार्न खोजिँदैछ । नेपाली कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु । या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस्,’ महामन्त्री थापाले भन्नुभयो।

    साथै, महामन्त्री थापाले शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु– के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छन्, कोही खुकुरी हान्छ । हामी एक्लै हिड्न हुने हो कि नहुने हो ?’ महामन्त्री थापाले प्रश्न गर्नुभयो ।


    बिहिवार, भाद्र २१ २०८००१:४५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij