Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

कूटनीतिक किचलो बढेपछि अन्तर्राष्ट्रिय समितिले बोलायो परराष्ट्रमन्त्रीलाई

कूटनीतिक किचलो बढेपछि अन्तर्राष्ट्रिय समितिले बोलायो परराष्ट्रमन्त्रीलाई

  • बुधवार, भाद्र २० २०८०

  • 588
    SHARES

  • कूटनीतिक किचलो बढेपछि अन्तर्राष्ट्रिय समितिले बोलायो परराष्ट्रमन्त्रीलाई
    काठमाडौं । नेपालमा कूटनीति किचलो बढ्दै गएपछि प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई समितिको बैठकमा बोलाएको छ ।
     
    प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण, चीनले जारी गरेको नक्सामा राखेको नेपालको नक्सा, नयाँ नक्साको बारेमा परराष्ट्र मन्त्री र पूर्व परराष्ट्रमन्त्रीबीच बाझिएको कुरालगायतको विषयमा छलफल गर्नका लागि परराष्ट्रमन्त्रीलाई बोलाइएको समितिका सभापति राजकिशोर यादवले बताउनुभयो ।  
     
    समितिबाट परराष्ट्र मन्त्रालयलाई खबर गएको छ, भोली ११ बजेका लागि बैठक बोलाइएको उहाँले बताउनुभयो ।  
     
    पछिल्लो समय चीनले आफ्नो नयाँ नक्सा जारी गर्ने क्रममा नेपाले संसदबाट संशोधन गरेको नयाँ नक्सामा राखिएको भूभागलाई हटाएर आफ्नो नक्सा जारी गरेपछि त्यसको विरोध भइरहेको छ ।
     
    तत्कालीन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालको संसदबाट नयाँ नक्सा जारी भए लगत्तै सबै मुलुकलाई जानकारी गराएको बताउनुभएको थियो । तर वर्तमान परराष्ट्रमन्त्री साउदले मन्त्रालयको सम्बन्धित शाखामा बुझ्दा उक्त जानकारी गराएको नपाइएको बताउनुभएको छ । 
     
    यस्तै गएको शनिबार चिनियाँ राजदूत छेन सोङले अर्को छिमेकी मुलुक भारतसँगको व्यापारिक सम्बन्धलाई लिएर दिएको अभिव्यक्ति विवादास्पद भइरहेको छ । त्यस विषयमा पनि समितिमा बोलाएर परराष्ट्र मन्त्रालयसँग जानकारी लिने संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले निर्णय गरेको हो । 
     


    बुधवार, भाद्र २० २०८००२:२३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij