काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गर्नुभएको छ।
आज बिहान शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नु भएको हो ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।
प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमण गर्दै हुनुहुन्छ । साथै, भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।