Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमसीसीको व्याख्यात्मक टिप्पणीमा के अमेरिका सहमत भइसकेको हो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

एमसीसीको व्याख्यात्मक टिप्पणीमा के अमेरिका सहमत भइसकेको हो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

  • बिहिवार, भाद्र १४ २०८०

  • 762
    SHARES

  • एमसीसीको व्याख्यात्मक टिप्पणीमा के अमेरिका सहमत भइसकेको हो ? यस्तो छ अर्थमन्त्रीको जवाफ
    काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनमा आएसँगै पाँच वर्षमा पुरा हुने दाबी गर्नुभएको छ । अर्थमन्त्री महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ईआईएफ आदानप्रदान गरेपश्चात् परियोजना हिजोबाट कार्यान्वयन सुरु भएको हो ।
     
    नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका मन्त्री महतले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै पहिले धेरै किसिमका आशङ्काहरू आएपनि संसद्ले नै पारित गरेपछि  त्यो निर्मूल भइसकेको बताउनुभयो । 
     
    एमसीसी पाँच वर्षभित्र सक्नुपर्ने व्यवस्थाले समयमै काम सक्ने कुराको सुनिश्चितता गरेको बताउनुभयो । समयसीमाले अनुशासनमा रहेर काम हुने उहाँको भनाई छ । अझै पनि नेपालमा अमेरिकी सेना आउँछ भनेर भ्रम छर्ने काम भइरहेको बताउनुभयो । नेपाल सरकारको सचिवको संयोजकत्वमा बनेको संयन्त्रले कार्यान्वयनमा लिने बताउँदै मन्त्री महतले यो शुद्ध विकास परियोजना भएको दाबी गर्नुभयो ।
     
    मन्त्री महतले देशमा समृद्धि सिर्जना गर्ने हो भने नेपालको आवश्यकता अनुसार आएका विकास सहयोगलाई लिनुपर्ने दाबी गर्नुभयो । उहाँले  अमेरिका मात्र नभएर अन्य जुनसुकै देशले दिएपनि विकास सहयोग लिनुपर्न जिकिर गर्नुभयो । उहाँले यस्ता सहयोगले नेपालकै पक्षपोषण हुने भएकाले अनावश्यक झमेला गर्न नहुने तर्क गर्नुभयो ।
     
    नेपालको व्याख्यात्मक टिप्पणीमा के अमेरिका सहमत भइसकेको हो ? भन्ने पत्रकार धमलाको प्रश्नमा मन्त्री महतले भन्नुभयो, ‘उहाँहरूले त्यत्रो उत्तर दिइसक्या होइन त, आधिकारिक दृष्टिकोण त त्यहीबेलामै जति हाम्रो प्रश्न थियो नेपालको तर्फबाट  गरेको थियो अर्थमन्त्रालयबाट त्यसको सम्पूर्ण उत्तर आयो त्यसपछि संसद्मा छलफल गरेर अब ठिक छ भनेर अनुमोदन भएको हो नि त । आशंका निवारण भइसक्या छ अब त्यसलाई खोतल्नुको कुनै अर्थ छैन ।’
     


    बिहिवार, भाद्र १४ २०८००९:५५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij