Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सिराहामा एमालेको सचिवालय बैठक जारी

सिराहामा एमालेको सचिवालय बैठक जारी

  • बुधवार, भाद्र १३ २०८०

  • 386
    SHARES

  • सिराहामा एमालेको सचिवालय बैठक जारी
    काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक सिराहामा सुरू भएको छ ।
     
    एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको सिराहाको धनगढीमाई नगरपालिका—१४ स्थित सर्रे अम्वासमा बुधबार(आज) दिउँसो बैठक सुरू भएको हो । बैठकमा पार्टीको मिसन ग्रास्रुट अभियानको समीक्षा गर्ने र केन्द्रीय कमिटी बैठकको पनि मिति तय गर्ने नेताहरूले बताएका छन् ।
     
    मदन भण्डारी महासचिवमा निर्वाचित भएको ऐतिहासिक ठाउँको स्मरणमा एमालेले सो ठाउँमा पार्टी सचिवालय बैठक बोलाएको हो । बैठकमा भाग लिन अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरू आजै त्यहाँ पुगेका थिए ।
     
    नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षको अवसर पारेर एमालेले ऐतिहासिक राष्ट्रिय महत्त्व राख्ने शहीद स्तम्भको समेत शिलान्यास गर्नेछ । अध्यक्ष ओलीले सो स्तम्भको शिलान्यास गर्ने एमालेले जनाएको छ ।
     
    सो ठाउँलाई पर्यटकीय दृष्टिकोणले समेत अघि बढाउने उद्देश्यसहितका मदन भण्डारी स्मृति विद्यालय, मदन भण्डारी पार्क निर्माण गर्ने पार्टीको योजना रहेको पनि बताइएको छ ।


    बुधवार, भाद्र १३ २०८००४:४१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij