Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीलाई गगनको चेतावनी— संसद्लाई पेलेर विधेयक अघि बढाइए नयाँ ढंगले सामना गर्न तयार हुनुहोला

प्रधानमन्त्रीलाई गगनको चेतावनी— संसद्लाई पेलेर विधेयक अघि बढाइए नयाँ ढंगले सामना गर्न तयार हुनुहोला

  • मंगलवार, भाद्र १२ २०८०

  • 511
    SHARES

  • प्रधानमन्त्रीलाई गगनको चेतावनी— संसद्लाई पेलेर विधेयक अघि बढाइए नयाँ ढंगले सामना गर्न तयार हुनुहोला
    काठमाडौं । सांसदहरूले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० का केही बुँदाहरूप्रति आपत्ति जनाएका छन्।
     
    प्रतिनिधिसभाको मंगलबार(आज)को बैठकमा नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले फौजदारी अभियोगमा राजनीतिक आवरण दिई उन्मुक्ति दिनेलगायतका विषयहरूप्रति आपत्ति जनाएका हुन्। उनीहरूले केही नेपाल संशोधन ऐनमार्फत् धेरै कानुन संशोधनका लागि ल्याउन नहुनेमा जोड दिएका थिए। 
     
    नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले संसद्लाई हेपेर गोलमोटल रूपमा नेपाल ऐनलाई संशोधन गर्न अघि बढाइएको आरोप लगाउनुभएको छ। उहाँले जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी ल्याइएको प्रावधान स्वीकार्य नहुने बताउनुभयो। यसअघिको सरकारले लेखेको ड्राफ्टको भारी नबोक्न कानुन मन्त्रीलाई उहाँले सुझाव दिनुभयो। थापाले संसद्लाई पेलेर बहुमतका आधारमा विधेयकलाई अघि बढाउन खोजे नयाँ ढंगले कुराको सामनाका लागि तयार हुन प्रधानमन्त्रीलाई चेतावनी दिनुभयो। सांसदहरूले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० का केही बुँदाहरूप्रति आपत्ति जनाउनुभयो।
     
    त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले मुलुकी फौजदारी कार्यविधिसंहिता संशोधनका लागि विधेयकमा राखिएका विषय यथास्थितिमा पारित गर्न नहुने बताउनुभयो। विधेयकमा रहेका विषयमा थप छलफल तथा संशोधन गरी विधेयक अघि बढाउनुपर्ने उहाँले बताउनुभयो।
     
    त्यस्तै एमाले सचेतक महेश बर्तौलाले एकैपटक धेरै विषय एउटै विधेयकमा राखेर संशोधन गर्दा कानुन निर्माणका सबै पक्षमा ध्यान पुग्न नसक्ने तर्क गर्नुभयो। उहाँले फौजदारी प्रकृतिका घटनाहरूलाई पनि विधेयकमा हल्का ढंगले राखिएको भन्दै आपत्ति जनाउनुभयो। विभिन्न ७९ कानुनलाई संशोधन गर्नेगरी तयार पारिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक गत वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो। 


    मंगलवार, भाद्र १२ २०८००५:३४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij