Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

डा. केसीको अनशन: २२औं दिनमा कांग्रेसको २२ मिनेट धर्ना

डा. केसीको अनशन: २२औं दिनमा कांग्रेसको २२ मिनेट धर्ना

  • सोमवार, आश्विन १९ २०७७

  • 898
    SHARES

  • डा. केसीको अनशन: २२औं दिनमा कांग्रेसको २२ मिनेट धर्ना

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनसनरत डाक्टर गोविन्द केसीले राखेका माग पूरा गर्न सरकारसँग माग गरेको छ । आज त्रिवि शिक्षण अस्पतालमा शान्तिपूर्वक प्रदर्शन गरेर कांग्रेसले केसीले राखेका माग पूरा गर्न सरकारले वार्ता गर्नुपर्ने बताएको हो ।

    अनशन बसेको २२ दिनसम्म सरकारले केसीसँग वार्ता नगरेको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले केसीसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको हो । डाक्टर केसीको माग पूरा गरी सरकारले अनशन तोडाएर जीवन रक्षा गर्नुपर्ने प्रवक्ता शर्माले बताउनुभयो ।

    कांग्रेसको प्रचार विभागले डाक्टर केसीका मागमाथि ऐक्यवद्धता जनाउँदै त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन गरेको छ । कांग्रेसले डा केसीको अनशन २२ दिन पुगेकाले आज २२ मिनेट धर्ना दिएको हो ।


    सोमवार, आश्विन १९ २०७७०१:२४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij