Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रदेश पाँचको राजधानी विवाद : दाङको पक्षमा मतदान गर्न नेकपाको ह्वीप

प्रदेश पाँचको राजधानी विवाद : दाङको पक्षमा मतदान गर्न नेकपाको ह्वीप

  • सोमवार, आश्विन १९ २०७७

  • 1.0K
    SHARES

  • प्रदेश पाँचको राजधानी विवाद : दाङको पक्षमा मतदान गर्न नेकपाको ह्वीप

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ५ को राजधानी दाङको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

    सोमबार बिहान नेकपा प्रदेश ५ को संसदीय दलको बैठकले दाङलाई प्रशासनिक र बुटवललाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने प्रस्ताव लैजाने निर्णय गरेको हो ।

    बुटवललाई नै प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै नेकपा सांसदहरु विभाजित हुन थालेपछि नेकपाले ह्विप जारी गर्ने निर्णय गरेको नेकपाको प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

    बुटवलबाट प्रदेश राजधानी सारेको विषयमा सत्तापक्ष र प्रतिपक्षी दलका असन्तुष्ट पक्षले आन्दोलन चर्काएका छन् ।


    सोमवार, आश्विन १९ २०७७०१:२०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij