Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सरकारका कामलाई जनतामा स्थापित गर्न प्रधानमन्त्रीको आग्रह

सरकारका कामलाई जनतामा स्थापित गर्न प्रधानमन्त्रीको आग्रह

  • आइतवार, भाद्र १० २०८०

  • 536
    SHARES

  • सरकारका कामलाई जनतामा स्थापित गर्न प्रधानमन्त्रीको आग्रह

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताउनु भएको छ।

    प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको दाबी गर्नुभयो।

    नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूणर् बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सरकारका काम कारबाहीलाई प्रभावकारीरूपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

    प्रधानमन्त्रीले भन्न्ुभयो, ‘पछिल्लो समय सरकारले गरेका कामबाट एकथरी व्यक्ति विक्षिप्त भएका छन् । उनीहरूले माओवादी केन्द्र, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन् । त्यसलाई चिर्न बुद्धिजीवी सङ्गठनले भूमिका खेल्नुपर्छ ।’

    प्रधानमन्त्रीले बुद्धिजीवी समाज सुधारक र अगुवा भएकाले सरकारले गरेका कामकारबाहीलाई जनताका बीचमा लैजान र सकारात्मक प्रचार गर्नसमेत आग्रह गर्नुभयो।


    आइतवार, भाद्र १० २०८००४:३०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij