Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

बुटवलमा प्रदेश संसद घेराउ गरिदै, राजधानी सार्ने प्रस्तावमा आजदेखि संसदमा छलफलको तयारी

बुटवलमा प्रदेश संसद घेराउ गरिदै, राजधानी सार्ने प्रस्तावमा आजदेखि संसदमा छलफलको तयारी

  • सोमवार, आश्विन १९ २०७७

  • 1.2K
    SHARES

  • बुटवलमा प्रदेश संसद घेराउ गरिदै, राजधानी सार्ने प्रस्तावमा आजदेखि संसदमा छलफलको तयारी

    काठमाडौं । प्रदेश पाँचको राजधानी बुटवलबाट दाङको भालुवाङ सार्न प्रदेश सभामा पेस गरेको प्रस्तावका विरुद्धमा आज पनि बुटवलमा विहानैदेखि प्रदर्शन सुरु भएको छ ।

    काँग्रेसले संसद भवन घेराउन गर्न लागेको हो भने सर्वदलिय बैठक पनि अहिले नै आयोजना गरिएको छ । हिजो बसेको सर्वदलिय बैठकमा कुनै सहमती नभएपछि अहिले फेरी बैठक बस्न लागेको हो।

    विपक्षी दलका सांसदहरुले संसद केन्द्रीत विरोधका कार्यक्रमहरु गरिरहेका बेला पार्टीका अन्य नेता तथा कार्यकर्ता र विभिन्न संघ संस्थाहरुको आह्वानमा अहिले बुटवलमा प्रदर्शन भइरहेको छ ।

    काँग्रेसले अहिले प्रदेश सभा घेराउ गर्दै प्रदेश सभा सदस्यहरुलाई संसदमा छिर्न नदिने तयारी गरेको छ । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा गठित संघर्ष समितिले आज आयोजना गरेको यातायात बन्दको कार्यक्रमलाई संशोधन गर्दै संसद केन्द्रीत विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    आन्दोलनप्रति विभिन्न संघ संगठनहरुले पनि ऐक्वबद्धता जनाएका छन् । आन्दोलन चर्किने संकेत देखेपछि स्थानीय प्रशासनले बुटवलका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

    काँग्रेसले हिजो रुपन्देही बन्दको आह्वान गरेको थियो भने हिजोदेखि नै स्थानीय प्रशासनले निषेधाज्ञा लागु गरेको हो । प्रदेश ५ मा नेकपाका ६१, कांग्रेसका १९, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका १ गरी ८७ सदस्य छन् । बुटवल आसपासका नेकपाका सांसदहरु राजधानी सार्ने प्रस्तावको बारेमा मौन जस्तो देखिएका छन् भने अन्य पार्टीका सांसदहरु विपक्षमा उत्रिएका छन् ।

    नेकपाकै स्थानीय नेता तथा कार्यकर्ताहरुले नेकपाका केन्द्रीय नेता तथा प्रदेश सांसदहरु मौन भएको प्रति असन्तुष्टि जनाएका छन् । नेकपाका महासचिव विष्णु पौडेल, केन्द्रीय मन्त्रीहरु घनश्याम भुषाल, प्रदिप ज्ञवाली, केन्द्रीय नेताहरु टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, छविलाल विश्वकर्मालगायतका नेताहरु बुटवलको पक्षमा नउभिएको भन्दै स्थानीयबासिन्दा आक्रोसित भएका छन् ।

     

     


    सोमवार, आश्विन १९ २०७७०९:४४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij