Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

धरानमा आपसी सद्‍भाव र एकता कायम राख्न  मेयर राईको अपिल

धरानमा आपसी सद्‍भाव र एकता कायम राख्न  मेयर राईको अपिल

  • शुक्रवार, भाद्र ८ २०८०

  • 2.3K
    SHARES

  • धरानमा आपसी सद्‍भाव र एकता कायम राख्न  मेयर राईको अपिल
    काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले आपसी सद्भाव भाइचारा र एकता कायम गर्नका लागि नगरवासीहरूमा अपिल गर्नुभएको छ । उहाँले शुक्रबार(आज) एक अपिल प्रकाशित गर्दै कुनै पनि प्रकारको सामाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध गर्नुभएको छ । 
     
    ‘विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो सहर धरानमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको छ । बहुजातीय, बहुधार्मिक सांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता सामाजिक, सांस्कृतिक सद्भावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो,’ राईले भन्नुभएको छ ।
     
    समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तरविरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने उहाँले उल्लेख गर्नुभएको छ ।
     
    ‘नकारात्मकतालाई सकारात्मकतामा परिणत गर्न सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भन्ने भावलाई आत्मसात गर्दै हाल देखिएको अशान्तिमय वातावरण सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकको भावना प्रतिबिम्बित हुनेगरी आपसी सद्‍भाव , भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपिल गर्दछु’ उहाँले भन्नुभएको छ ।
    dharan-2582023111153-1000x0.jpg


    शुक्रवार, भाद्र ८ २०८००४:४४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij