काठमाडौं । सिराहामा हुने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
सिराहाको धनगडीमाइ नगरपालिका अम्वासमा भदौ नौ गते तय भएको एमाले केन्द्रीय सचिवालय बैठक बाढी र डुबानका कारण स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
सबै तयारी पुरा भएपनि बैठक स्थल डुबानमा परेकाले अर्को सूचना जारी नभएसम्म भदौ नौका सबै कार्यक्रम स्थगित भएको उहाँले जानकारी दिनुभयो ।
एमालेले २०४६ सालमा भूमिगत रुपमा चौथो महाधिवेशन गरेको उक्त स्थानमा यस पटक सोही दिन पारेर सचिवालय बैठक राखेको थियो ।