काठमाडौं । प्रदेश पाँचको राजधानी सार्ने प्रस्तावलाई अगाडि बढ्न नदिनका लागि संसद बैठकमा पनि काँग्रेसले अवरोध गर्ने भएको छ ।
संसद बैठकमा आजदेखि सो प्रस्ताव माथी छलफल गर्ने तयारी भएपनि काँग्रेसले अवरोध गर्ने चेतावनी दिएको हो ।
काँग्रेसको प्रदेश पाँचका प्रमुख सचेतक विरेन्द्र कनौडियाले बहुमतको दम्भको बलमा नेकपाले राजधानी सार्ने प्रस्ताव ल्याए पनि आफुहरुले पारित हुन नदिने दावी गर्नुभयो ।
उहाँले अहिले राजधानी सार्न लागिएको ठाउँ धेरै हिसावले अनुपयुक्त रहेको र दिर्घकालिन महत्वको विषयलाई मुख्यमन्त्री शंकर पोखरेलले भोटको स्वार्थमा सिमित गरेको आरोप लगाउनुभयो ।
प्रदेश राजधानीका लागि बुटवलमा अरबौँको भौतिक संरचनाहरु बनिसकेको र अन्यत्र लैजादा थप अरबौँ खर्च गर्नु महामारीको बेलामा उपयुक्त नुहने काँग्रेस मुख्य सचेतक कनौडियाको तर्क छ ।
प्रदेशको राजधानी आवत जावत गर्न बुटवलबाट नजिकै अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय महत्वको लुम्बिनी, पर्याप्त भौतिक पुर्वाधार, सवैलाई सुल्टो पर्ने भौगोलिक अवस्थीति लगायतका कारणले पनि राजधानी सार्नु अवैज्ञानिक र अव्यवहारिक भएको उहाँले दावी गर्नुभयो ।
कुनै पनि अध्ययन प्रतिवेदनले भालुवाङ्लाई बटवलभन्दा उपयुक्त वा सवैभन्दा उपयुक्त ठाउँको रुपमा सिफारिस नगरेको पनि उहाँले बताउनुभयो ।