Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

  • मंगलवार, भाद्र ५ २०८०

  • 522
    SHARES

  • प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

    मंगलबार शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाउनुभएको हो ।

    समारोहमा उपराष्ट्रपति, रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रीहरु लगायत उच्चपदस्थ कर्मचारीहरु सहभागी थिए ।

    श्रेष्ठलाई राष्ट्रपति पौडेलले सोमबार नियुक्त गर्नुभएको थियो ।


    मंगलवार, भाद्र ५ २०८००५:२०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij