Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यकै छैन : रामनारायण बिडारी

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यकै छैन : रामनारायण बिडारी

  • मंगलवार, भाद्र ५ २०८०

  • 427
    SHARES

  • सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यकै छैन :  रामनारायण बिडारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति आवश्यकै नभएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले उच्चस्तरीय छानबिन समिति बनेपछि सुन तस्करीको जाँचबुझ, छानबिन र अनुसन्धानमा प्रतिकूल प्रभाव पर्न सक्ने र सीआईबीलाई डिस्टर्ब हुने भएकाले शीर्ष नेताहरुले संसद् खुलाउनको लागि सहमति गरे पनि यसको आवश्यकता नरहेको स्प्ष्ट पार्नुभयो ।

    सीआईबीले अनुसन्धान गर्दा आफ्ना मान्छे पक्राउ पर्ने भएकाले एमालेले पन्छाउन खोजेको आरोप लगाउँदै नेता बिडारीले आयोगले अनुसन्धानका नाममा वर्षदिनमा प्रतिवेदन दिने र थन्किएर सुन तस्करी काण्ड नै ओझेल परेपछि एमालेका नेताहरु खुशी हुने भन्दै व्यङग्य गर्नुभयो ।

    यस्तै, अर्को प्रसंगमा नेता बिडारीले कोसी प्रदेशमा सरकार टिकाउने कुनै उपाय नभएकाले अध्यक्षता गरेको सांसदले मतदान गर्नुपरेको बताउनुभयो ।


    मंगलवार, भाद्र ५ २०८०११:११:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij