Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीको द्वैध चरित्रमाथि कांग्रेसको आशंका, सभापति देउवाले दिए श्रेष्ठलाई हटाउन दबाब (खास खबर)

गृहमन्त्रीको द्वैध चरित्रमाथि कांग्रेसको आशंका, सभापति देउवाले दिए श्रेष्ठलाई हटाउन दबाब (खास खबर)

  • सोमवार, भाद्र ४ २०८०

  • 843
    SHARES

  • गृहमन्त्रीको द्वैध चरित्रमाथि कांग्रेसको आशंका, सभापति देउवाले दिए श्रेष्ठलाई हटाउन दबाब (खास खबर)
    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकालाई लिएर कांग्रेसभित्र आशंका पैदा भएको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई हुँदै माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा जोडिएको ९ किलो सुन तस्करी (भेपकाण्ड) मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री श्रेष्ठको अनविज्ञताप्रति सत्ताको प्रमुख घटक कांग्रेस सशंकित बनेको हो । 
     
    कांग्रेस सभापति शेरबहादुर देउवाले त गृहमन्त्री श्रेष्ठको राजीनामा माग्न प्रधानमन्त्रीमाथि दबाब बढाइसक्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो बचाउ गर्दै सभापति देउवा समक्ष गृहमन्त्रीले क्रस गरिरहेको बताउनुभएको छ । कांग्रेस नेता गोविन्दराज पोखरेलले माओवादीको गतिविधि शंकास्पद रहेको भन्दै सुरक्षाकर्मीको खटनपटन अस्वाभाविक रहेको बताउनुभयो । 
     
    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणका निर्णयाधिकारी पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई आइतबार राति बयान लिएको छ । सो बयान झारो टार्नका लागि मात्रै रहेको भन्दै चौतर्फी सरकारको आलोचना भइरहेको छ । यता, नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भ्रष्टाचारका विरुद्ध पहिलो पटक सडकमा जाने पार्टी आफ्नो भएको दाबी गर्दै दोषी जोसुकै भएपनि कानुनको कठघरामा उभिनै पर्ने बताउनुभएको छ । 
     
    भ्रष्टाचार र तस्करीका काण्डले सत्ता र प्रतिपक्षीबीच कुकुरबिरालो जस्तै लडाई जारी छ । लामो समयदेखि संसद् अवरुद्ध छ भने निकास दिन प्रधानमन्त्री प्रचण्ड तयार देखिँदैनन् । एमालेलगायतका दलहरू पनि छानबिन समिति नबनेसम्म पछि हट्ने संकेत देखाइरहेका छैन । प्रतिपक्षी दल एमालेका सांसद सूर्य थापाले क्यान्टोनमेन्ट हुँदै देवेन्द्र पौडेल मुछिएको ७ किलो सुनकाण्ड, कृष्ण महरा मुछिएको ९ किलो सुनकाण्डको छानबिन कसले कहिले गर्ने भन्दै प्रतिप्रश्न गर्नुभएको छ । 
     
    भ्रष्टाचारविरुद्ध सुशासनको मुकुण्डो ओढेका प्रधानमन्त्री र गृहमन्त्रीको मुकुण्डो च्यातिएको छ । माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष समेत रहेका प्रचण्ड र श्रेष्ठ आफ्नै पार्टीका नेताहरू संलग्न भएको भ्रष्टाचारका फाइल खोल्न सकिरहेको छैनन् भने उल्टै चोख्याउने दाउमा बसेका छन् । यसले एउटा नजिर भने स्थापित गर्नेछ, सरकारमा अर्को दल आए हाल सरकारका पदासीन सबैको मुकुण्डो उतारिने छ ।  
     


    सोमवार, भाद्र ४ २०८००८:२३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij