Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

  • सोमवार, भाद्र ४ २०८०

  • 694
    SHARES

  • प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको आजको बैठकले सर्वसम्मत अनुमोदित गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गर्नुभएको हो ।
     
    राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको हो । ’राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
     
    प्रधानन्यायाधीश श्रेष्ठको शपथ भोलि तय भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानन्यायाधीशको शपथ दिउँसो १ बजेर ४५ मिनेटमा हुने भएको छ । श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नुहुने छ । ०१६ असोज २० मा डोटीको सिलगढीमा जन्मिनुभएका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गर्नुभएको थियो ।
     
    त्यसको ६ वर्षमै जिल्ला न्यायाधीश हुनुभएका उहाँ ०६२ मा तत्कालीन पुनरावेदन अदालत बागलुङको न्यायाधीश हुनुभयो । ०७० मा पुनरावेदन अदालत पोखराको कायममुकायम मुख्य न्यायाधीश हुनुभएका उहाँ ०७१ मा पुनरावेदन अदालत हेटौँडाको मुख्य न्यायाधीश भएको करिब दुई वर्षपछि ०७३ साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त हुनुभएको हो ।
     
    उहाँले ०८१ असोज २० मा ६५ वर्षे उमेर हद्दका कारण अवकाश पाउनुहुने छ । संविधानमा प्रधानन्यायाधीश हुनका लागि सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भएको हुनुपर्ने योग्यता तोकिएको छ ।
     


    सोमवार, भाद्र ४ २०८००८:०७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij