Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भ्रष्टहरूको धम्कीबाट डराउँदैनौं, बरु सरकार छाडिन्छः गृहमन्त्री श्रेष्ठ

भ्रष्टहरूको धम्कीबाट डराउँदैनौं, बरु सरकार छाडिन्छः गृहमन्त्री श्रेष्ठ

  • शुक्रवार, भाद्र १ २०८०

  • 502
    SHARES

  • भ्रष्टहरूको धम्कीबाट डराउँदैनौं, बरु सरकार छाडिन्छः गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताउनुभएको छ ।

    अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा ‘भच्चेक आधारभूत अस्पताल’ को आज उद्घाटन गर्दै उहाँले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताउनुभयो ।

    ‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ । हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौं । जुन दिनसम्म सरकारमा रहन्छौं, यो सुशासनको अभियान रोकिँदैन’ उहाँले भन्नुभयो ।

    नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने र अध्यक्ष दीपक देवकोटा तथा उपाध्यक्ष अनिता भुजेलले उदाहणीय नेतृत्वबाट अजिरकोट गाउँपालिकाले विकासमा फड्को मार्दै गएकोमा उपप्रधानमन्त्री श्रेष्ठले खुशी व्यक्त गर्नुभयो ।

    राजनीतिक परिवर्तनलाई सामाजिकआर्थिक परिवर्तनसँग जोड्नुपर्ने, त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने र प्रधानमन्त्री प्रचण्डको मुल ध्येय पनि यही रहेको उहाँले बताउनुभयो ।


    शुक्रवार, भाद्र १ २०८००२:४०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij