Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा लगातार गिरावट, घट्यो कारोबार रकम पनि

शेयर बजारमा लगातार गिरावट, घट्यो कारोबार रकम पनि

  • बुधवार, श्रावण ३१ २०८०

  • 672
    SHARES

  • शेयर बजारमा लगातार गिरावट, घट्यो कारोबार रकम पनि

    काठमाडौं । लगातार साताको तेस्रो दिन पनि शेयर बजारमा गिरावट भएको छ भने कारोबार रकम पनि घटेको छ ।

    अघिल्लो दिन मंगलबार मात्रै ३१ अंकले घटेको नेप्से बजार आज २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा कायम भएको छ ।

    यसदिन बजारमा ४८ लाख ३८ हजार १०६ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँको कारोबार भएको छ । शेयर बजारमा भएको गिरावटसँगै कारोबार रकम पनि घट्दै गएको छ ।

    बुधबार सनराइज फोकस्ड इक्यूटी फण्ड, बलेफी हाइड्रोपावर र स्वरोजगार लघुवित्त वित्तीय विकास बैंकले सर्वाधिक नाफा कमाएका छन् भने माउन्टेन हाइड्रो नेपाल, शितगंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन र धौलागिरी लघुवित्त वित्तीय संस्थाले सर्वाधिक गुमाएका छन् ।

    त्यसैगरी कारोबारका आधारमा हिमालयन डिस्टीलीरी लिमिटेड ८ करोड ४१ लाख ५० हजार १६० रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ । साताको दोस्रो दिन सोमाबार देखि गिरावट भएको शेयरबजार आजपनि घटेको हो ।


    बुधवार, श्रावण ३१ २०८००४:०५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij