Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

श्रमिकका लागि सामाजिक सुरक्षा कोष ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री

श्रमिकका लागि सामाजिक सुरक्षा कोष ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री

  • बुधवार, श्रावण ३१ २०८०

  • 661
    SHARES

  • श्रमिकका लागि सामाजिक सुरक्षा कोष ‘ब्रेक थ्रु’ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका करिब ४०–५० लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।

    आज राजधानीमा भएको सामाजिक सुरक्षा कोष शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले श्रमिकहरूले श्रम गर्न नसकेको अवस्थामा रित्तै हात नपठाउनका लागि सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको जिकिर गर्नुभयो ।

    ‘अनौपचारिक क्षेत्रका करिब ४० देखि ५० लाख श्रमिकलाई क्रमशः सामाजिक कोषमा आबद्ध गराउँदै जाने योजना सरकारको छ । सरकारी श्रमिकदेखि अनौपचारिक क्षेत्रका श्रमिकहरूसम्म पुग्ने लक्ष्य सरकारले राखेको छ ।’

    सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कामको साक्षी बस्न पाउने इतिहासमै पहिलो प्रधानमन्त्री बन्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो। उहाँले अहिलेसम्म तीन लाख अनौपचारिक र स्वरोजगार रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा आबद्ध भएको जानकारी बताउनुभयो ।

     


    बुधवार, श्रावण ३१ २०८००२:००:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij