Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

राजधानी र नामकरणसम्बन्धि प्रस्तावको पक्षमा मतदान गर्न प्रदेश –५ का नेकपा सांसदहरुलाई ह्विप

राजधानी र नामकरणसम्बन्धि प्रस्तावको पक्षमा मतदान गर्न प्रदेश –५ का नेकपा सांसदहरुलाई ह्विप

  • शनिवार, आश्विन १७ २०७७

  • 1.2K
    SHARES

  • राजधानी र नामकरणसम्बन्धि प्रस्तावको पक्षमा मतदान गर्न प्रदेश –५ का नेकपा सांसदहरुलाई ह्विप

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश –५ को संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई ह्विप जारी गर्ने निर्णय गरेको छ । शुक्रबार प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी र नामकरणसम्बन्धि प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

    मुख्यमन्त्री शंकर पोखरेलसहितको बैठक डिभिजन सडक कार्यालय परिसरमा कबिर ६ घण्टा चलेको थियो ।

    नेकपाले आफ्ना प्रदेशसभा सदस्यहरुलाई प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने भएपछि नाम र स्थायी राजधानीको प्रस्ताव स्वीकृत हुने देखिएको हो ।

    प्रदेश सरकारले प्रदेश राजधानी दाडको देउखुरीमा बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा लगेको थियो । आज बिहानैबाट बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बताउनुभयो ।

    उहाँले सबै जिल्लाका सांसदहरुले आफ्नो धारणा राखेको र लामो समयको छलफलपछि सरकारले ल्याएको निर्णयलाई समर्थन गर्ने निष्कर्षमा पुगिएको बताउनुभयो ।

    बैठकमा मुख्यमन्त्री पोखरेलले प्रस्तावका पक्षमा एकमत हुन र मतदान गर्न सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

    प्रदेश ५ मा प्रदेश राजधानी रुपन्देही बनाउने कि दाङ भन्ने विषयमा पहिलेदेखि नै विवाद हुँदै आएको थियो । प्रदेश सभाको आगामि बैठक असोज १९ गते सोमबार मध्याह्न १२ बजे बोलाइएको छ ।

    सांसदले आफ्ना धारणा राखेपछि मुख्यमन्त्री पोखरेलले प्रस्तावबारे थप प्रस्ट पार्ने सहमतिअनुसार प्रस्ताव पास गर्न निर्देशन दिएको बताइएको छ ।
    प्रदेशसभामा पेस भएको प्रस्ताव पास गर्न दुई–तिहाइ बहुुमत आवश्यक हुन्छ । प्रदेश –५ मा नेकपाका ६१, विपक्षी नेपाली कांग्रेसका १९, मधेसकेन्द्रित दलका ६, राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सांसद रहेका छन् ।

     


    शनिवार, आश्विन १७ २०७७०७:०६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij