Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बुद्ध एयरले थप्यो १६ औँ एटीआर

बुद्ध एयरले थप्यो १६ औँ एटीआर

  • शनिवार, श्रावण २७ २०८०

  • 1.2K
    SHARES

  • बुद्ध एयरले थप्यो १६ औँ एटीआर

    काठमाडौं । निजी क्षेत्रद्वारा प्रवर्द्धित बुद्ध एयरले नयाँ विमान थपेको छ । आफ्नो सेवालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित बुद्धले १६ औँ एटीआर विमान थपेको हो ।

    कम्पनीले अमेरिकाको नर्डिक एभिएसनमार्फत आफ्नो १६ औँ विमान किनेको हो । कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजबाट ७० सिट क्षमताको एटीआर ७२ जहाज किनेको जानकारी दिएको छ ।

    फ्रान्सबाट नेपालका लागि उडेको यो विमान अल्बानिया, साइप्रस, साउदी अरब र ओमान हुँदै काठमाडौं आइपुगेको जनाइएको छ । बुद्ध एयर नेपालको आन्तरिक उडानतर्फको अग्रणी हवाई कम्पनी हो ।


    शनिवार, श्रावण २७ २०८००२:५४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij