Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेकपा एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

नेकपा एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

  • सोमवार, श्रावण २२ २०८०

  • 316
    SHARES

  • नेकपा एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

    काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

    सोमबारको बैठकमा एमाले सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारले वेवास्ता गरेको भन्दै समिति नबनेसम्म सदन अघि बढ्न नसक्ने बताउनुभयो ।

    बैठकको सुरुमै एमाले सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए । त्यसपछि अध्यक्ष गणेश तिमिल्सिनाले रावललाई बोल्न समय उपलब्ध गराउनुभएको थियो ।

    त्यसक्रममा रावलले सरकारमा आवद्ध राजनीतिक दलकै नेता कार्यकर्ता सुन तस्करीमा मुछिएको भन्दै सरकार सुन तस्करी प्रकरणमा निष्पक्ष छानविनको पक्षमा नदेखिएकाले बैठक चल्न नसक्ने बताउनुभएको थियो ।

    अध्यक्ष तिमिल्सिनाले शीर्ष नेताहरुबीच संवाद चलिरहेको र समस्या समाधानको प्रयास भइरहेकाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेपनि उनीहरु आसन ग्रहण गर्न मानेनन् ।

    त्यसपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक साउन २४ गते बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गर्नुभएको थियो ।


    सोमवार, श्रावण २२ २०८००१:४१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij