Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणले बिरामी परेपछि अमेरिकाका राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

कोरोना संक्रमणले बिरामी परेपछि अमेरिकाका राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

  • शनिवार, आश्विन १७ २०७७

  • 1.2K
    SHARES

  • कोरोना संक्रमणले बिरामी परेपछि अमेरिकाका राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

    एजेन्सी । कोरोना संक्रमणका कारण बिरामी परेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पतालमा भर्ना गरिएको छ। कोरोना संक्रमण पुष्टि भएको २४ घण्टाभित्र उनलाई ह्वाइट हाउसबाट वाल्टर रिड नेसनल मेडिकल सेन्टर भर्ना गरिएको बीबीसीले जनाएको छ।

    यसअघि शुक्रबार बिहान उनले ट्विट गर्दै आफू र आफ्नी पत्नी मेलानिया ट्रम्पलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए। साथै उनले आफूहरू दुवै जना क्वारेन्टिनमा रहने बताएका थिए।

    अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार ट्रम्पले थकान महसुस गर्नाका साथै उनमा कोभिड १९ का हल्का लक्षण पनि देखिएका छन्। यसर्थ ‘अत्यन्त सावधानी’पूर्वक उनलाई अस्पताल लाने निर्णय गरिएको ह्वाइट हाउसले जनाएको छ।

    नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुनु ठीक एक महिनाअघि वर्तमान राष्ट्रपति ट्रम्प बिरामी परेका हुन्। उनी नोभेम्बरमा हुने निर्वाचनमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनसँग प्रतिस्पर्धा गर्दै छन्।


    शनिवार, आश्विन १७ २०७७०६:२४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij