Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नरेन्द्र मल्ल र पूर्णकला विसीको तीज गीत ‘चुल्ठी बाटेको’ बजारमा (भिडियोसहित)

नरेन्द्र मल्ल र पूर्णकला विसीको तीज गीत ‘चुल्ठी बाटेको’ बजारमा (भिडियोसहित)

  • शुक्रवार, श्रावण १९ २०८०

  • 1.5K
    SHARES

  • नरेन्द्र मल्ल र पूर्णकला विसीको तीज गीत  ‘चुल्ठी बाटेको’ बजारमा (भिडियोसहित)

    काठमाडौं । हिन्दु महिलाको महानपर्व हरितालिका तीज आउन एक महिना बाँकी छ । तर तीजका गीतहरु बजारमा आउनेक्रम बढिरहेको छ । तीज भन्नासाथ महिलाको बिशेष पर्वका रुपमा लिइन्छ । तीजमा वर्षभरीको दुख, पिर र व्यथालाई भुलेर रमाउने नाच्ने र माइतीघरमा गएर मनको बह पोख्ने गरिन्छ ।

    धेरै समय छुट्टिएका साथीसंगीसँगको भेटघाट लगायतलाई विशेष बनाएर रमाउने, नाच्ने र गाउने गरिन्छ । तीजमा धेरै गीतहरु बजारमा आउने गर्छन् ।

    यहि क्रममा गायक नरेन्द्र मल्ल र पूर्णकला विसीको स्वरमा ‘चुल्ठी बाटेको’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा आफ्नो मायालुको बयान गरेको प्रेम व्यक्त गरेको विषय मुख्य बनाइएको छ ।

    गीतमा विक्रमबाबु विश्वकर्माको शब्द रहेको छ भने गंगा खरेर र गायक स्वयम् मल्लको संगीत रहेको छ । गीतमा नयन सिंह, प्रदिना कटुवाल, सन्देश कार्की, झरना नेपालको अभिनय तथा नृत्य देख्न सकिन्छ । गीतलाई दिनेश ठकुल्लाको निर्देशन रहेको छ । गायक मल्ले हरेक वर्ष तीजमा गीत ल्याउँदै आउनुभएको छ ।

     


    शुक्रवार, श्रावण १९ २०८०१२:०१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij