Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित आन्दोलित

बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित आन्दोलित

  • बिहिवार, श्रावण १८ २०८०

  • 903
    SHARES

  • बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित आन्दोलित

    काठमाडौं । विभिन्न सहकारीमा पैसा वचत गरेका सर्वसाधारणले बिहीबार काठमाडौंंमा प्रदर्शन गरेका छन् ।

    माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले वचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् ।

    वचतकर्ताको प्रदर्शनमा विजुलीबजारमा प्रहरीले हस्तक्षेप गरेको थियो । वानेश्वर एभरेस्ट होटल अगाडि प्रहरीले सडकमा बार लगाएर निषेधित क्षेमा प्रदर्शन गर्न रोकेको छ । त्यस क्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो ।

    उनीहरुले आफ्नो वचत रकम ब्याजसहित फिर्ता पाउनुपर्ने, सहकारी पीडितलाई राज्य कोषबाट रकम फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन् ।

     


    बिहिवार, श्रावण १८ २०८००४:४४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij