Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

टीआरसी विधेयक छिटो पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष

टीआरसी विधेयक छिटो पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष

  • मंगलवार, श्रावण १६ २०८०

  • 567
    SHARES

  • टीआरसी विधेयक छिटो पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक (टीआरसी विधेयक) चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउन उक्त ऐन चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस नेता मीन विश्वकर्माले बताउनुभयो ।

    ‘कहाँ कहाँ अफ्ठ्यारा विषय छन्, त्यसलाई कसरी सहज बनाउने र सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनलाई छिटो भन्दा छिटो पारित गराउने र अरु सम्बन्धित पक्षसँग कसरी सहमति जुटाउने भन्ने बारेमा छलफल भएको हो’, उहाँले भन्नुभयो ।

    सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन हाल प्रतितिनिधिसभामा विचाराधीन छ । उक्त विधेयकको विवादित विषयमाथि हाल एक उपसमितिमा छलफल भइरहेको छ ।

    कांग्रेस नेता विश्वकर्माले संसदको गतिरोध अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

     


    मंगलवार, श्रावण १६ २०८००७:०७:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij